• २०८३ जेष्ठ २ गते शनिवार

प्रधानमन्त्री ओली र नेकपाका पाँच गुटे नेताबीच छलफलः प्रधानमन्त्रीद्वारा कडा काउण्टर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र कार्यकारी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको गुटबीच छलफल सकिएको छ । आज नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा अनौचारीक रुपमा गुटको बैठक बसी प्रधानमन्त्री ओलीलाई सचिवालयको बैठक बोलाउन औपचारीक रुपमा लिखित पत्र सहित गएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठसहितको पाँच जनाको गुट प्रधानमन्त्री निवास वालुवाटार गएको थियो ।

नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो । तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ।” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने रु मैले बैठक बोलाउँदिनँ ।”

ओलीको भनाई उद्धृत गर्दै एक नेताले दिएको जानकारीअनुसार ओली धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए । पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस