कात्तिक २२, काठमाडौँ। कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित हुनुभएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”
आफू १४ दिनसम्म पूर्ण रुपमा होम आइसोलेसनमा बस्ने उल्लेख गर्दै उहाँले आफ्नो सम्पर्कमा रहेकालाई लक्षण देखिएको खण्डमा कोरोना परिक्षण गरेर सुरक्षित रहन अनुरोध गर्नुभएको छ ।