• २०८३ बैशाख १८ गते शुक्रवार

मित्रराष्ट्र चीनद्वारा स्वास्थ्य सामग्री सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, चितवन । भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर नौ लाख बराबरको कोभिड–१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री चीनबाट प्राप्त भएको जानकारी गराउनुभयो । भरतपुर महानगरपालिकामा पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेशन तथा राहत वितरणलगायत नगरवासीलाई सूचीत गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।गुर्मु सिटीले यस कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक र अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको महानगरले जनाएको छ ।

चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई रु १७ लाख बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस