• २०८३ असार १७ गते बुधवार

थप तीन कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमान्डौँ। थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका- ६ का पुरुष छन् । अस्पतालका अनुसार कार्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-९ घर भएकी महिलाको भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका-१५ का पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कार्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस