भदौ २२, अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको जानकारी दिए ।

मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उनको शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।