• २०८३ बैशाख १० गते बिहिवार

‘डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’

‘फण्डिङ पीएचडी’ गर्दाको ऋण चुक्ता गर्न सरकारविरुद्ध लागेको आरोप !
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २२, काठमाडौं । डा. भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको वर्हिगमनलाई लिएर सामाजिक सञ्जालमा लेखेको टिप्पणीको जवाफस्वरुप थापाले फेसबुकमा लेखेका छन्, ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ! डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?’

डा. भट्टराईको टिप्पणीप्रति लक्षित गर्दै थापाले लेखेका छन्, ‘यस ट्विटमा प्रयोग गरेका केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’‘विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ?’, थापाले अगाडि लेखेका छन्, ‘अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ?’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ भन्दै थापाले भट्टराईमाथि प्रश्न गरेका छन् । ‘केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’विप्पा सम्झौता गरेर जुवा खेलें भन्ने आफ्नै कार्यशैली सम्झिन आग्रह गर्दै उनले भट्टराईपत्नी हिसिला यमीमाथि पनि प्रश्न उठाएका छन् ।

‘जब कि न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनु भयो ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ’, उनले प्रश्न गरेका छन् । आफू प्रधानमन्त्री हुँदा श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’ लाई पनि धरधरी रूवाएको थापाले उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि ? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो ?
तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक सञ्जालमा निर्वस्त्र हुन सुहाउँछ त ?’थापाले भनेका छन्, ‘तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट सञ्चालन/सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?’

थापाको जवाफअघि डा. भटट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए–‘डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन । २/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु !’

Sharing

प्रतिक्रिया दिनुहोस