भदौ २२,सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो । सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ।