• २०८३ मङ्सिर ११ गते बिहिवार

२ सय ५६ जनाको स्वाव संकलन गरी धनगढी पठाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २२‎,बाजुरा । २ सय ५६ जनाको पिसिआर परिक्षण मार्फत स्वाव संकलन गरी हिजो धनगढी पठाइएको छ । २ सय ५६ जना मध्य २२८ जना पूरुष रहेका छन् भने २८ जना महिलको स्वाव संकलन गरी धनगढीको सेती प्रादेसिक पयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।                                   
सदरमुकाम मार्तडीमा लकडाँउनको समया अवधि देखि अग्रपंतिमा रहेर काम गर्ने ब्यक्तिहरुको स्वाव संकलन गरि हिजो धनवढी पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भया ।
बडिमालिका नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलय बाजुराको समन्वयमा निरन्तर रुपमा सेवामा खटिएका सुरक्षाकर्मी स्वास्थ्यर्की संचारकर्मी, व्यापारी लगाएतका नागरिकहरुको स्स्वाव संकलन गरिएको कार्यालय प्रमुख पन्तले बताउनु भयो ।                                                 
बाजुरा जिल्लामा हाल सम्म संकलन गरिएका नमुना परिक्षणहरुको रिर्पोट अनुसार कोरोनाको संक्रमण बढेको र भारतबाट आउनेका संख्या बढेर निरन्तर जनसम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका कार्यालय प्रमुख दयाकृष्ण पन्तले जनकारी दिनुभयो ।
जिल्लामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, बैंक तथा बित्तीय संस्थाका कर्मचारी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र व्यापारी र कोरोनाको उच्च जोखिमबाट आएका व्यक्तीको स्वाव संकलन बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस