• २०८३ जेष्ठ १ गते शुक्रवार

शुक्रबार देखि १० दिनसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३ , कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबार देखिबाट १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोसंक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको हो । शुक्रबार भोलि बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सुचाना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ ।

यस अवधीमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूणर्न रुपमा बन्द गरिने छ ।
यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस