नेपाली सुरक्षाकर्मीको साहसी, इमान्दारिता, कर्तव्यनिष्ठा जस्ता उपमाको व्याख्या गरिरहनु पर्दैन । नेपालको माटोलाई जोगाउनु पर्दा होस वा प्रथम र द्धितीय विश्व युद्धमा लडाई गर्दाताका होस । कहिल्यै नेपालीको शिर निहुरन दिएनन् । बरु विभिन्न चक्र र पदकबाट विभुषित भए । आफु आँसु झार्न भएपनि, त्यो आँसुमा डरपना ,लोभपना जस्ता कुकृत्य सँग्यालाई सम्मिसर्ण गर्न दिएनन् । हो त्यही साहसी ,बहादुर,इमान्दार, कर्तव्यपरायण्ता जस्ताविभुषितशव्दहरुले रक्तसंचार गराएको भुगोलमाअस्तित्वको खोजीमा रमाईरहेको व्यतित्वहरु हौ हामी । मलाई गर्व लाग्छ नालापानीको लडाईमावलभद्र कुवरको बहादुरीको नामलिदाँ ,मलाई गर्व लाग्छ तीसिमाको सुरक्षामाआफ्नो रगतको प्रवाहनगरीकनआफ्नो माटो जोगाउनतल्लिन देवनारायण यादवप्रति । मेरो मनमा सहानुभुति जाग्छ ती७० वर्षीय वृद्ध वाघ भिमसेन प्रतिजो भुमिको सुरक्षाको लागि लडाईमाखटिरहे । यस्ता अनेकौ उदाहरणहरुले भरिएकोव्यतित्वहरुकोदेश हो नेपाल ।

आज हामी गर्व गर्छौ हाम्रो देश नेपालभनेर तर भुल्नु हुन्नपश्चिमीसिमाको सुरक्षाको लागि पानी नखाई पनि भूमि जोगाउन योगदान गरेकाभक्तिथापाप्रति ।नालापानीको लडाईमाअँग्रेज सँग देखाएको बहादुरीमा कहिल्यै भुलिन्नती लडाईमाभागलिने योद्धाहरुलाई ।कहिल्यै भुलिन्नतीमहानशहीदहरु लाई जसको त्याग र तपस्याले श्रृर्जेकाे मुलुक हो हाम्रो देश नेपाल । कहिल्यै बिर्सन हुन्नती मधेशीहरुलाई जो आजसिमाको सुरक्षाको कवचको रुपमा बसेर सिमा जोगाईरहेका छन् ।

एकपटक बिन लादेनले भनेकाथिए”यदि म सँग गोरखाली सेनाभएको भए अमेरिकालाई काचै खाइदिन्थे ।”आर्थात सुरक्षामातल्लीनबफादार सुरक्षाकर्मी लाई सलाम ।यही सन्दर्भमाअली फरक प्रसँग जोडदा याद आउछ रुपन्देहीको सुनौलीमाकोरोना विरुद्धको लडाईमाअनवरत सहयोग गरिहेका मेरो मित्रअविनास गुप्तालाई ।उनलाई मैले फोन गर्दा उनको जवाफथियो ”मकोरोनाको विरुद्धको लडाईको लागिम सुरक्षाकर्मीको हैसियतले जे पनिगर्नतयार छु ।“यहीक्रममा मैले केहीदिन अगाडी सिमामाकोरोना बिरुद्धको लडाईको लागि सुरक्षाकमीलाई हेर्दा आपm्नो ज्यानको प्रवाहनगरी सिमामा सहयोग गर्दा मलाई सुरक्षाकर्मी प्रतिगर्व लाग्यो ।पानी परिरहदाँपालको ओतले शरीर भिज्ननदिई र बाँसको तलकहिलेकाही घामबाट बच्ने सहारा लिई हामीलाई कोरोनाबाट सुरक्षाको प्रत्याभुतिदिलाईरहेका । यतिमात्रै हैन दिन र रातनभनीचाउचाउ र बिस्कुटको सहाराले कयौ घण्टा काममाव्यस्तकोरोना विरुद्धको सिपाहीहरुलाई सलाम ।
ती टनटलापुर घाममा कोरोना बिरुद्ध हाम्रो सुरक्षाको लागि लडिरहदाँआजहामी चैनको सांस लिईरहेका छौ नत्रभने हामीकहाँपनि अमेरिका र इटाली जस्तो दुखआउन सक्दथ्यो । अहिलेको वर्तमान परिस्थितिमाकोरोना बिरुद्धको लडाइमा सुरक्षाकर्मी,डाक्टर,नर्स लगायतले अग्रपंक्तिमा बसेर कामगरिरहेकोले हामी सुरक्षित महसुस गरिरहेका छौ । नत्रभने हामीविभिन्नदुखभोग्नबाध्यहुनथ्यौ । हामी राष्ट्रियताको कुरा गर्छौ , हामी सुरक्षाकर्मी विनाको राष्ट्रियताको कल्पना गरौ त । के हाम्रो राष्ट्रियता मजबुत हुन्छ । अवश्यपनिहुदैन ।राष्ट्रियता भनेको भुगोल मात्रै हैन त्यहाँबसोबास गर्ने जनता,राष्ट्र,सरकार,सुरक्षाकर्मी इत्यादिहरु पनि पर्दछन । अनिमात्रै राष्ट्रियता मजवुत हुन्छ ।हामी यो सम्बन्धमाजुनसुकै देशको कुरा गर्न सक्छौ चाहे त्यो इजरायलहोस वा अमेरिकावा छिमेकी राष्ट्र भारत । अहिले कोरोना विरुद्धको लडाईमा सुरक्षाकर्मी, डाक्टर,नर्स लगायतहाम्रो सुरक्षाको कवचको रुपमाआफुलाई उभ्याईहामीलाई कोरोना बाट जोगाईरहेका छन् ।
“२४ घण्टा खटेर आमजनतालाई कोरोनाबाट बचाईरहेका सुरक्षाकर्मीहरुलाई जनताको तर्फबाट सलाम । घाम पानी र असिनाको प्रवाहनगरी ज्याननै मृत्युको शैयामा राखेर लडिरहेका सुरक्षाकर्मीहरुको महत्वभनेर पुग्दैन् र वहाँहरुको काम सराहनिय छ ।”
नन्दु यादव (तस्बिरको स्रोत– फेसबुक) संचारकर्मी
कोरोनाको विरुद्धको लडाई नेपालको लागिमात्रै नभई योविश्वको लडाई हो । जसको कारण आज हामी सुरक्षित महसुस गरिरहेका छोै उहाँहरुलाई इतिहासले कहिले भुल्ने छैन र कोरोना विरुद्धको लडाईमाविश्व चाडै नै विजयी होस भन्ने कामना पनि गर्दछु ।
नरेन्द्रराज कँडेल (तस्बिरको स्रोत –फेसबुक)

नागरिक तथा वैचारिक व्यक्तित्व “विश्व नै कोरोनाबाट लडिरहेको अवस्थामा सुरक्षाकर्मी, डाक्टर, नर्स लगायत फ्रन्ट लाईनमा बसेर कामगर्ने व्यक्तित्वहरु प्रतिनमन । आज उहाँहरुको सहयोगले सुरक्षित महसुस गरिरहेका छौ । यो लडाई हामी सबै मिलेर लडयौ भने सफल हुन्छौ अन्यथा मृत्यु शैयामा पुग्न बाध्यहुन सक्छौ ।”
काशीनाथ हरिजन(तस्बिरको स्रोत –फेसबुक)
राजनितिकर्मीतथा समाजसेवी
पक्कै पनिआजकोरोनाको महामारीले गुर्जिरहेको विश्वलाई एक चोटी सुरक्षाकर्मीको ठुलो सहयोग लिन परिरहेको छ । प्राकृतिकप्रकोप होस वा अरु कुनै आपदा सुरक्षाकर्मीको ठुलो सहयोग रहेको हुन्छ । चिनको वुहानबाट सुरु भएको कोभिड १९ लेविश्वलाई नै हल्लाएको छ । यतिसम्मकि अमेरिकाको विशेष क्षेत्र भनिएको चेनभन्जयाङमा सुरक्षाकर्मी राख्नुपर्यो ।चेनभन्जयाङ सुरुङ अमेरिकी सैनिकको सुस्जित क्षेत्र हो । कोरोनाको सन्दर्भलाई जोड्ने हो भने सुरक्षाकर्मीकै सहयोगमाभारतमाकोभिड १९ केहीहदसम्म नियन्त्रण मा रहेको छ । नेपाली सुरक्षाकर्मीले वि स २०७२ सालको भुकम्पमा धेरै मान्छेहरुको ज्यानजोगाउन सफलभएकाथिए । त्यसतै केहीवर्ष पहिले नेपालको पुर्वी क्षेत्रमागएको बाढीमा पनि सम्झनलायकको सहयोग गरेकाथिए । यस्ता सयौ कामहरुको संयोजक र प्रतिविम्वहो सुरक्षाकर्मी । अन्तयमाकोरोना विरुद्धको लडाईमाअभ्यस्त सम्पुर्णमानमन।
(जिल्लानवलपरासीप्रतापपुर गा.पा.–९, पजरकट्टी घर भएका लेखक शिक्षा ,अर्थ र कृषि सँग सम्बन्धित विषयमा विषयमा कलम चलाउँछन ।)