जेष्ठ २५, मुगु । विगत ५ वर्ष देखि मृगौला सँग लडिरहेकि अर्थात फेल भएकि मुगुका एक महिला लाई छोरीले सहयोगको लागि हारगुहार गरेकि छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १२ लुम्सका अन्दाजि ४० वर्षिया एक महिला जानदेवि बुढाको दुईटै मृगौला फेल भएपछि उनकि छोरी सरिता बुढाले सहयोगको लागि हारगुहार गरेकि हुन ।

काठमाण्डौको बनस्थली, ढुङ्गेधारामा रहेको यात्रु प्रतिक्षालयमा रात विताउदै आएक ति दम्पतिहरु आर्थिक अवस्था निकै कमजोर भएकाले उनीहरुले सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु भएका दाजु भाईहरु लाई सहयोगको अपेक्षा गरेको छोरी सरिता बुढाको भनाई रहेको छ । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ लाई नियन्त्रण गर्न सरकारले देशभर लकडाउन अर्थात बन्दाबन्दि गरेको कारण एक ठाउ बाट अर्को ठाउ सम्म आवातजावत गर्न असम्भव भएपछि दुईटै मृगौला फेल भएकि जानदेवि सँगै काठमाण्डौको बनस्थली प्रतिक्षालयमा बस्दै आईरहेको बेला केहि दिन अघि आमाको मृत्यु भएपछि थप पिडा बल्झिदा प्रतिक्षलयमै बसेर आमाको काजकिरिया गर्नु परेको छ ।

भगवान पनि कस्तो पापी रहेछ पिडा माथि पिडा थपि दिदा यता श्रीमतिको उपचार गर्नेकि उता आमाको काजकीरया गर्ने खर्चे भने सुन्य भएको अवस्थामा कसरी काजकिरिया र उपचार गर्ने भन्ने चिन्ताले पिरोलिरहेको पिडित जंग बहादुर बुढाले बताएका छन् । जानदेवीको दुई मृगोैला फेल भएकोले हाल राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा डाइलसिस भईरहेको छ ।

स्वास्थ्य सेवा कार्यालय मुगु बाट ४५ हजार सहयोग
यसैबिच दुवै मृगौला फेल भएकि जानदेवि बुढाको उपचारको लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कर्मचारीहरुले पनि सहयोग गरेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत कर्मचारीह तथा डि.एच.ओ (म्ज्य)को टिमले नगद ४५ हजार रकम सहयोग गरेका हुन ।

एउटै कार्यालयमा कार्यरत कर्मचारी सरिता बुढाको आमाको मृगौला फेल र बुढाकै बजैको मृत्यु पछि थप आर्थिक संकटमा परेकाले थोरै भए पनि घाउमा मलम लगाउने प्रयास भएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख निर्मल नगरकोटिले जानकारी दिए । उनका अनुसार हाम्रो टिम बाट थोरै भए पनि सहयोग गरेका छौ , यदि तपाईहरु पनि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने सहयोग गरिदिन हुन नगरकोटिले आग्रह गरेका छन् ।

साथै सहयोग गर्न इच्छुक मनकारी व्यक्तिहरुले दुई वटै मृगौला फेल भएकि जानदेबी बुढाको राष्ट्यि वाणिज्य बैक काडमाण्डौको हिसाव नम्वर १७५००१७५२४१० मा जम्मा गरि बुढाको सम्पर्क नम्वर ९८४०६७७९५८ सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

