• २०८३ असार १४ गते आइतवार

बुद्ध जयन्ती तथा उभौली पर्वको मुख्यमन्त्री राईद्वारा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईद्वारा २५६४औं बुद्ध जयन्ती तथा किरातहरुको महान पर्व उभौलीको शुभकामना व्यक्त गगरेका छन । विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको बताउनुभको छ । कोरोना भाइरसको कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको उल्लेख गर्दै उहाँले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन मुख्यमन्त्री राईले विशेष अपीलसमेत गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस