• २०८२ चैत्र ३० गते सोमवार

अर्घाखाँचीमा जंगली च्याउ खाँदा दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, अर्घाखाँची । जंगली च्याउ खाँदा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीमा दुई जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको लुम्विनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक रामकलाकी सासु लालसरी महतरा र देउरानी लक्ष्मी महतरा सिकिस्त बिरामी परेका छन् । उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस