• २०८३ कार्तिक ३० गते आइतवार

देशका विभिन्न १० स्थानबाट कोरोना परीक्षण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौं । सरकारकाले कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण देशभरीका विभिन्न १० स्थानबाट सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो।

अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ भने काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा रहेका छन्। देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता भएको छ। राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस