• २०८३ जेष्ठ १ गते शुक्रवार

नेकपा तारकेश्वर नगर कमिटी घोषणा हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) तारकेश्वर नगर कमिटी माघ २५ गते घोषणा हुदैंछ । गत साउन २५ गते नेकपाले काठमाडौं जिल्लाका विभिन्न १० नगरपालिकाको एकता प्रक्रिया टुंगाए पनि हालसम्म नगरकमिटी बन्न सकेको थिएन ।

तारकेश्वर नगरपालिकामा एकता प्रक्रियाबाट साबिक एमालेबाट अध्यक्ष लब बस्नेत र साबिक माओवादीबाट सचिव रामकुमार थापा तोकिनुभएको थियो । नयाँ बन्ने नगरकमिटी ८१ सदस्यिय रहने नगरकमिटी सचिव थापाले जानकारी दिनुभयो । उहाले कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले नगरकमिटी सदस्यहरुलाई सफत खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा नगर कमिटी सदस्य सहित ११ वटै वडाका वडा अध्यक्ष र सचिवलाई पनि सफत ग्रहण गराईने समेत जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा शहरी विकास राज्यमन्त्रि रामबिर मानन्धर, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ (ख)का प्रदेश सांसद प्रकाश श्रेष्ठ, काठमाडौं निर्वाचन क्षेत्र नं. ६ (ख)का प्रदेश सांसद योगेन्द्र संगौलाको समेत उपस्थिती रहने सचिव थापाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस