• २०८३ बैशाख ८ गते मङ्गलवार

अन्तर्मनका तरङ्गहरू संयुक्त गजल सङ्ग्रह लोकार्पण हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, सुनसरी। डियर कल्याण साहित्य प्रतिष्ठानले माघ २५ गते दिउँसो १ बजे अन्तर्मनका तरङ्गहरू संयुक्त गजल सङ्ग्रह लोकार्पण गर्दैछ । सुनसरी जिल्लाको इटहरीस्थित श्री बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलको तेस्रो तलामा गजल सङ्ग्रह लोकार्पण हुनलागेको डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष बिनोद घिमीरेले जानकारी दिनुभयो ।

कार्यक्रममा गजल सङ्ग्रह लोकार्पण साथै गजल वाचन कार्यक्रम समेत रहेको छ । प्रतिष्ठानका अध्यक्ष बिनोद घिमीरले गजल सङ्ग्रह लोकार्पण साथै गजल वाचन कार्यक्रम गइरहेकोले सामाजिक सञ्जालमार्फत संचालित सम्पूर्ण साहित्यिक ग्रुपहरु तथा स्थानीय तहमा सञ्चालित सम्पूर्ण साहित्यिक संघ संस्थाहरु र नेपाली साहित्यलाई माया गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल, सरल, सभ्य र भव्य बनाउन सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस