• २०८३ भाद्र ८ गते सोमवार

पैसा संग जिवन तुलना नगर्न , डिएसपी ओलीको आग्रह

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल / दैलेख

पौष, २२ काठमाण्डौ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम दैलेखमा सम्पन्न भएको छ । ट्राफिक नियमको पालना गरौँ । सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ भन्ने मुल नाराका साथ उक्त कार्यमक्रम गरीएको हो ।


कार्यक्रममा सबारी चालक र सह सबारी चालकलाई कस्तो कस्तो अबस्थामा सबारी दुर्घटना हुन सक्छ ? र के के कुराहरुमा बिचार पुराउनु पर्छ ? भनि ओरन्टेशन कक्षा संचालन गरीएको थियो । बेलाबेला यात्रुबाट सबारी चालक , सह सबारी चालक र यातायत ब्यवसाय बाट बोलि ब्यबाहारको कुराहरुमा गुनासो आएकाले न्युनिकरणका लागि कार्यक्रम गरीएको प्रहरी नायब उपरीक्षक हरी बहादुर ओलीले बताए । उनले तपाईको सुरक्षा , हाम्रो सरोकार असल चालक र यात्रु बन्न सबै लाई आग्रह गरे ।

‘सवारी दुर्घटनाको जोखिम घटाउन टाइमकार्ड नियम लागू गरिएको बताउदैँ ’उनले भने, ‘सवारीको गति नियन्त्रण, अब यात्रुको चाप निगरानीमा कडाई गरिने र तोकिएको समयभन्दा चाँडो दूरी पार गरेमा कारबाही गरिने उनले बताएका छन् ।  साथै मानिसको अमुल्य जिवन लाई पैसा संग तुलना नगर्न पनि प्रहरी नायब उपरीक्षक ओलीले आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष चक्र के सि लगाएत अन्य प्रत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
¬

Sharing

प्रतिक्रिया दिनुहोस