• २०८३ बैशाख ३१ गते बिहिवार

मन्त्री ढकालद्वारा औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २२ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन ।

आज कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन ।

मन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताएका छन् ।

उनले भने, ‘धेरै अस्पतालमा बिरामीहरु सुरुमा सरकारीमा आउँछन् । बीचको अवधिमा काजमा बाहिर जान्छन् । फेरि सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु, ‘‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पु¥याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।’

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए । निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस