• २०८३ जेष्ठ ८ गते शुक्रवार

झण्डी डाँडा : एक सक्षिप्त परिचय

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

राेङ गाउपालिकाकाे वडा न६ मा १,३५७ मिटरकाे उच्चाई रहेकाे झण्डी डाडा पछिल्लाे समय पर्यटकिय स्थान बन्दै गएकाे छ ।पहिला अनाकन्टर जगल रहेकाेमा स्थानिय बासिहरुले जगल अतिक्रमण गरेर अम्लिसाे बगान बनाउदा जगल नाङ्गाे डाँडाे बन्दै गएकाे थियाे । डाँडाेकाे नजिकै रहेकाे आहालमा स्थानियबासिहरुले खेलमैदानकाे परिकल्पना गरेर निर्माण थालिएकाे थियाे ।२०५६ सालतिर तत्कालिन सभासद बेनुपराज प्रसाईकाे पहलमा धजे सलकपुर जाेड्ने माेटरबाटाे निर्माण थालियाे तर निर्माणपछि पहिराेकाे पिरलाेमा सडक पर्याे । जब स्थानिय निर्वाचन सम्पन्न भयाे अनि उक्त पहिराे ग्रस्त स्थान परिवर्तन गरेर झण्डी डाडाबाट नै बनाईयाे । राेङ गाउपालिका र वडा न ६ काे सकृयतामा उक्त नाङ्गाे डाडामा लालिगुरास बाटिका बनाउने साेचका साथ हरेक बर्ष लालिगुरास राेपण र गाेडमेलकाे कार्यले स्थानिय बासिहरुमा जागर थप्याे । स्थानिय बासिहरु समुहमा मिलेर काम गर्न थाले ।अझ सस्थागत रुपमा किरात फ्रेण्स क्लब गठनगरि गतिबिधि बिस्तार गरियाे ।
झापाकाे काकडभिट्टाबाट बाहुण्डागी निन्दा ,सलकपुर हुँदै २५ कि मि उत्तर र हरकटे बजारबाट तारगाउ हुँदै ९ मि मि पुर्वकाे कच्चि सडकमा रहेकाे झण्डिबाट सुर्याेदय, सुर्यस्त, हिमाल, पहाड, तराई,नेपाल, भारत र भुटानका दृश्यहरु, साझमा लाेपाेम्मुख चरा गिद्धकाे हुल, सास्कृतिक बिबिधता बनास्पतिक बिबिधता यहाबाट सजिलै नियाल्न सकिन्छ । अझ रातकाे बेलाकाे दृश्य अतुलनिय छ

कसरी रहन गयाे याे डाडाकाे नाम झण्डी
तराईबाट उत्तरकाे क्षितिजमा गाजल झै देखिँदा गाजले डाडा नामले पहिचान हुने डाडाकाे नाम झण्डी रहनुकाे केही तथ्यपरक किम्वदन्तिहरु रहेका छन् ।

१. किरातहरु पहला देखि नै प्रकृतिकाे पुजा गर्दथे ।यश डाडाकाे आसपासमा किरातहरुले सन्सरी माईकाे पुजा गर्दथे । उनिहरुले पुजा गरिसकेपछि पुजाकाे प्रतिककाे रुपमा धजापतका गाड्ने गरेका थिए । उनिहरले पुजापछि साेहि डाँडामा झण्डा गाडेकाे देखेपछि मानिसहरुले झण्डी डाडा भन्ने गरेकाे कारण यसकाे नाम झण्डी रहेकाे हाे ।अहिले पनि यश डाडाकाे आसपासमा राई जातिहरुकाे बाहुल्यता रहेकाे छ ।

२. द्वापर युगमा यस स्थानमा सत्ताल सिङ राजाले राज गर्दथे । त्यहि बेला लाेहासुर राक्षसकाे बिगबिगि थियाे ।लाेहासुरले सत्तालसिङमाथि धावा बाेल्ने तैयारी गरे ।सत्ताल सिहले भगवान कृष्णकाे आराधाना गरेछन् ।कृष्णले लाेहासुरकाे सहयाेगकाे लागि पाण्वहरुलाई खटाए । पाण्ववहरु आएर बसेकाे स्थान नजिकै सलकपुरमा अहिले पनि छ र सत्तालसिङ टापुरा पनि । पाण्डव र लाेहासुरकाे बिचमा घमासान युद्ध भयाे । लाेहासुरले तरवार प्रहारबाट क्षति भएकाे ढुङ्गा अहिलेपनि शिरक्षेदन ढुङ्गा सलकपुरमा छदैछ । उनिहरुले प्रहार गरेकाे हतियारले लागेकाे ढुङ्गा अहिलेपनि हल्लने ढुङ्गा भनेर चिनिन्छ । त्यसबेला देखि नै हल्लने गरेकाे किम्वद्ति छ र अहिले पनि डाडामा रहेकाे ढुङ्गा हल्लन्छ । यसरी भएकाे युद्धमा लाेहासुरकाे बध भयाे । लाेहासुर रहेकाे स्थानलाई अहिलेपनि लाेहागढ भनिन्छ जुन मेचिखाेला पारि भारतमा छ जहाँ लाेहाराजा लाेहारानीकाे दरवारकाे अवशेष छ र स्थानिय बासिहरुले पुजा गर्ने गरेका छन् । यसरी लडाई सकियाे तर कृष्ण प्रकट भएनन् पाण्डवहरुले कृष्णकाे आलाेचना गरे त्यस ठाउकाे नाम निन्दा रहन गयाे । कृष्णले मेराे आलाेचना किन भन्दै पाईला राखेछन् त्यस स्थान कृष्ण थुम्किकाे नामले प्रसिद्ध छ । गलेर लखतरान भएका भिमसेन अलि तलतिर गएर बसेछन त्यसलाई अहिले पनि भिमसिने भनिन्छ भने युद्ध जितेर गन्धवहरुले नाचगान गरेछन् जसलाई सारङ्गेटार भनिन्छ जुन निन्दा आसपासमा छ । यसरी लाेहासुर र सत्तालसिङ राजाकाे बिचमा लडाईहुदा युद्धस्थलकाे पहिचान गराउन डाँडामा झण्डा गाडिएकाे स्थानलाई झण्डी डाडाे भनिने गरेकाे हाे । (गोविन्द पौडेलको फेसबुकबाट)

Sharing

प्रतिक्रिया दिनुहोस