• २०८३ जेष्ठ २ गते शनिवार

प्रहरी सेवा प्रवाहको पहिलो कडी मिठो बोली बचन शिष्ट नम्र व्यवहार : प्रहरी वरिष्ठ उपरीक्षक सिंह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २१, काठमाडौं ।काठमाडौं प्रहरी प्रमुख प्र.ब.उ.अशोक सिंह द्वारा महानगरीय प्रहरी वृत्त जनसेवा विशालबजार कार्यालय तथा कार्यालयमा कार्यरत सम्पुर्ण प्र.क.हरुको निरीक्षण तथा आवश्यक निर्देशन दिनुभएको छ ।निर्देशनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार र कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न निर्देशन दिनुभयो ।

डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने चेतावनी दिनु भयो । कुनै पनि प्रहरी कर्मचारीहरूले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो । हाम्रो अथक प्रयासका बाजुत पनि कही न कही हामी आलोचित भएको हुनाले अबको समय भनेको त्यस्ता आलोचितबाट मुक्त हुनलाई प्रहरी सेवा प्रवाहमा समय सापेक्ष र वैज्ञानिक दुवै हुनुपर्छ । संगठनको १ जनाको गल्तीले संगठन कै शिर झुक्ने हुनाले हामी कुनै पनि लोभलालच त्यागी, वोली बचन शिष्ट नम्र व्यवहार र सेवा प्रवाहमा निष्पक्ष्य,मर्यादित हुन निर्देशन दिनुहुदै यसमा कोही प्रहरी कर्मचारी चुक्छ त्यसलाई क्षमा नगर्ने बताउनु भयो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहीलाई आफ्नो एरिया शान्त,सुरक्षित राख्नको लागि योजना बनाई,कार्यान्वय गरी नागरिकहरूले सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्ने निर्देशन दिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस