कार्तिक २१, काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा आज नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

बुधबार नेपाल आएका नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए । उनले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए । भारतीय सेना प्रमुख नरवणे महारथी मनार्थ उपाधिका लागि नेपाल आएको भए पनि यस पटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ ।नरवणे आज ५ बजे विशेष विमानबाट भारत फर्किनेछन् ।