• २०८३ बैशाख ९ गते बुधवार

गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, कैलाली । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्र वहादुर शाहको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको आज विहान निधन भएको हो ।

धनगढीको सेति प्रादेशिक अस्पतालको आइसियूमा बिगत १० दिनदेखि राखेर उपचार भइरहेको थियो । केहि दिन देखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनि निमोनियाबाट विगतदेखि नै ग्रसित भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस