कार्तिक २१, मुगु । हिमाली जिल्ला मुगुमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न निषेध गरेको गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) ले विश्वनै आक्रान्त भईरहेको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
कार्यालका अनुसार जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका , सोरु गाउपालिका , खत्याड गाउपालिका र मुगुमकार्मारोगं गाउपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए । उनका अनुसार देउसी भैलोका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका हुन् । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष नगरपालिका र गाउँपालिकाका सबै वडाहरुमा जिल्ला सुरक्षा समितिले यि स्थानीय तहहरुमा देउसी भैलो नखेल्न अनुरोध गरेको निरौलाको भनाई रहेको छ ।
जिल्ला सुरक्षा समितिले एक सुचना जारी गर्दै तिहारमा देउसी भैलो नखेल्न पत्राचार पनि गरीएको जनाएको छ । यस्तै पछिल्लो समय मुगुमा सुरक्षाकर्मी सहीत अन्य अन्य स्थानीय बासिहरु लाई कोरोना संक्रमणको दर छोईरहेको अवस्थामा र थप अन्य व्यक्तिहरु लाई पनि संक्रमण नहोस भनि रोक लगाईएको बताईएको छ ।