• २०८३ बैशाख ९ गते बुधवार

नाम र राजधानी प्रस्तावमा आज मतदान हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २०, बुटवल । प्रदेश नम्बर ५ को राजधानी र नामको प्रस्ताव सम्बन्धि छलफल सकिएको छ । छलफल सकिएसँगै सभामुखले प्रस्ताव संसोधनका लागि १८ घण्टाको समयावधी दिनुभएको छ ।प्रदेश सभाको बैठक मंगलबार मध्याह्न १२ बजे बस्दैछ । मंगलबार नै मतदान गरी राजधानी र नामाकरण टुंग्याउने तयारी गरिएको छ । प्रदेश सभाको राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तानाशाही शैलीमा प्रस्ताव आएको भन्दै आपत्ती जनाएको छ ।

सोमबारको बैठकमा सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसदले अवरोध गरेका थिए ।मर्यादापालकको बलमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि उनीहरुले विरोध जनाउँदै सभा हलका कुर्सी तोडफोड समेत गरेका छन । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने प्रष्ट पार्नुभएको छ । तर प्रदेश नम्बर ५ को राजधानी र नाम सम्बन्धि प्रस्तावमा सत्तारुढ दल नेकपाका सांसद भित्रै एक मत देखिदैन ।

Sharing

प्रतिक्रिया दिनुहोस