देशमा जातिय बिभेद बढ्दै गयकोछ हामिले यसको डटेर बिरोध गर्नु पर्छ! प्रतिक्षाण दिँदै धनप्रसादले भन्छ।त्यँहा बसेका पढेलेखेका दलित र जनजातिहरुका युवाहरुमा जातिय बिभेधको तृर्व रोश थियो।वास्तबमा गाउँ घरमा मात्रै होईन बजारमा पनि कयौँ होटेलमा चिया पिएका गिलास माझेर नराख्दा यातना खेपेका समाचारहरु आईनै रहन्थे।यस्तो अबस्थामा दलित जनजातिका युवाहरुमा आक्रोश जाग्नुलाई अस्वाभाबिक भन्न पनि मिल्दैन।
यो समाजिक ब्याबहारलाई नजिक बाट हेरी रहेको धनप्रसादलाई यसैमा राजनीति गर्ने मनलाग्छ।हुँन ता उ जुनसुकै पार्टीका सरकार आएपनि त्यो गाउँको नाईके त्यहिनै थियो।उस्ले बिस्तारै गरिब दलित र जनजातिका युवाहरु जो बेरोजगार थिए।उनिहरुलाई जुटाएर संगठित गर्न थाल्छ।उस्को मन मष्तिकमा भावि जनवादी क्रान्तिलाई जातिय शंघर्ष मा तबदिल गर्ने योजना थियो।एका तिर देशको ताना साहि ब्यबस्था को बिरुद्ध चलेको कथित जनयुद्ध थियो भने त्यसैको बिच बाट आफ्नो राजनीति क्यारिरीष्ट उदेश्य पुरा गर्न स्वायम कम्युनिष्टको खोल ओडेर आन्दोलनभित्र लुकेको अवसरबाद धनप्रसादले यो आन्दोलन लाई जातिय आन्दोलनमा रुपान्तरण गर्न सुरु गर्छ। उस्ले सबै बाहुन क्षेत्रिहरु दलित र जनजातिका दुश्मन हुँन त्यसैले उनिहरु क्रान्ति बिरोधी हुँन्छन।बाहुन क्षेत्रिहरुले गर्दानै आज दलित र जनजातिहरु पिछडिएका हुँन!भन्दै बिस्तारै युवाहरुमा बारुद भर्न थाल्छ।
क.रवी!अबको हाम्रो मिसन तमाम क्षेत्रि र बाहुँनहरुको बिरुद्धमा लक्षित आन्दोलन हो!हाम्रा लागि धनी र गरिबको भन्दापनि महत्वपूर्ण जातिय आन्दोलन हुँनुपर्छ।धनप्रसादले अह्राउँछ। धनप्रसादले आफ्नो सूदूर र सुनौलो भबिष्य जातिहरुलाई लडाउँनुमा देखेकोछ।उस्को यो क्याररीष्ट चाल लाई पुरागर्न युवाहरुलाई आफ्नो बिष्वासमा लिनुछ।रवी एउटा दलित समुदायबाट आएको बुद्धिजिवी हो।उस्ले केहि मैना पहिले मास्टरको थाई नोकरी छाडेर जनवादी क्रान्तिका लागि जनयुद्धमा हाम्फालेको थियो।उ एउटा पिडित ब्याक्ति हो।आफु दलित भयकै कारण त्यो बेला स्कूलमा पढ्ने स साना बिध्यार्थीहरुको पनि अपमानको सिकार हुँनु परेको थियो।स्वाम मास्टर र अभिभाबकहरु समेतले अपमान गरेपछि उस्ले नोकरी छाड्न बाध्य भयको थियो। बाहुँन र क्षेत्रिहरु पर्ति उस्को आक्रोश बढ्दै गयको थियो।त्यो देखेर नै धनप्रसादले उस्लाई आफुतिर तानेर उपयोग गर्ने योजना बनायो।रवीलाई धनप्रसादको नियतको बारेमा संका भैन।उस्का जोसिला भाषण र प्रतिक्षाणबाट रवी प्रभाबित हुँन पुग्यो।
धनप्रसादले देशमा चलेको बर्गिय शंघर्ष लाई जातिय शंघर्ष मा बिस्तारै लतार्न थाल्यो।कम्रेड हामि कम्युनिष्ट बन्नको लागि गोरुको मासु खानै पर्छ।जस्ले गोरुको मासु खान सक्दैन त्यो कम्युनिष्ट हुँनै सक्दैन!जनै धारीहरु क्रान्तिका दुश्मनहुँन जस्ले जनै छिनाल्न सक्दैन त्यो पनि कम्युनिष्ट होईन,क्षेत्रि बाहुँनका घरमा जबर्जस्ति घुस्नुपर्छ।यदि उस्ले बिरोध गर्छ भने उस्लाई सुराकी सम्झेर जनकार्वाही को दाएरामा ल्याउँनु पर्छ।तररर तालि बज्छ यो धनप्रसादको सम्बोधनलाई हाउसमा बसेका युवाहरुले कर्तल ध्वनी बाट समर्थन गर्छन।आज बाटै त्यो बर्ग युद्ध जातिय युद्धमा तबदिल हुँन्छ।
काम्रेड चिन्तन!सबै भन्दा पहिले हामिले क.धनप्रसाद ज्युले भनेका बिचारहरु लाई आफ्नो पदप्रदर्शक सिधान्तको रुपमा ग्रहण गर्नु पर्छ।हाम्रो बर्गिय शंघर्ष भयपनि अहिले तत्कालका लागि जातिय शंघर्ष हाम्रो न्युनतम क्रायर्क्रम हुँनेछ।बाहुन र क्षेत्रिका जनाई छिनाल्ने उनिहरुको टुप्पि काट्ने र उनिहरुको घरमा जवर्न पस्ने यदि उनिहरुले बिरोध गर्छनभने उनिहरु हाम्रा सुराकी हुँन दुश्मन हुँन त्यसैले उनिहरुलाई जन कार्वाही गर्नुपर्छ।आज हाम्रो टिमले गोरूकाटेर उस्को मासु खानु पर्छ।यदि टिममा कसैले खाँदैनभने त्यो कम्युनिष्ट नभयको पुष्टी हुँनेछ र उस्लाई यो टिमबाट हटाईनेछ।रवीले चिन्तनलाई आदेश दिन्छ।क.रवी कुनै ब्याक्तिले कहिलेई नखाएको गरुको मासु कसरी खान्छ?चिन्तन आश्चार्य प्रकट गर्छ।चिन्तन यँहा ब्याक्तिको सवाल होईन यँहा त कम्युनिष्टको सवाल हो !बुझियौँ?उस्को स्वरमा आक्रोश थियो!यो आदेशको पालना अबिलम्बन हौश!उस्ले थप्छ।
चिन्तन नबोलेर उस्को आदेशलाई आत्मसात गर्दै कार्यान्वयन तिर लाग्छ। लुटेरा भ्रष्टचारी धनप्रसाद जस्ताले आन्दोलनको नेतृत्व गर्दै थिए।जस्ले युवाहरुलाई लुटमार गर्दै बाहुनहरुका जनाई छिनाल्ने,टुप्पि काट्ने,उनिहरुको घरभित्र पस्ने,बिरोध गर्दा सर्वस्व सहित उस्लाई जनकार्वाहिको नाममा हत्य सम्मगर्ने उनैको गोठ बाट बाच्छाहरु निकालेर काट्ने जस्ता कम्युनिष्टलाई बन्दानम गर्ने खालका कामहरु हुँन्छन।बैँक लुट्ने सार्जनिक समप्ति नष्ट गर्ने पुल भत्तकाउँने गर्छन।यसरी हजारौँ युवाहरुको लासमा बिस्तारै धनप्रसादले सरकार बनाउँन सफल हुँन्छ।
उस्को जीतमा अबिर जात्रा गर्ने कार्याक्रता को नेतृत्व गरेको रवी जब गेट भित्र पस्न थालेको थियो धनप्रसादका पाले हरुले उस्लाई बाहि खेद्छन।किनकी रवी दलित थियो।जब उस्लाई थाहाहुँन्छ उस्लाई भित्र प्रवेशगर्न नदिएको उ दलित भयकै कारणले हो भन्ने बल्ल उस्ले टेकेको जमिन धस्किन थाल्छ।उ हिँजोपनि ठगिएको थियो आजपनि ठगिएकोछ।रवी को आक्रोश चरम सिमामा थियो।तर के गर्न सक्थ्यो यति बेला उ आफै सँग घृणा गर्नथाल्यो आफै माथि आक्रोशका ज्वाला पोख्न थाल्यो।(कथा काल्पनिक हो यसका पात्रहरु का नाम काल्पनिक हुँन।कसैको नाम र निजि जिवन सँग मेल खायो भने मात्र संजोग हुँनेछ।)