• २०८३ बैशाख १२ गते शनिवार

उपत्यकाको नाकामा सेना परिचालन गर्ने माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ , काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् ।


कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने उनले बताएका छन् । संक्रमण बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि बढ्ने र अहिले भएको ठाउँले नधान्ने अवस्था आउनसक्ने भन्दै प्रजिअ दाहालले भनेका छन्, ‘त्यस्तो स्थिति नआओस् तर, आइहाल्यो भने के गर्ने भनेर तयारी गर्नुपर्छ

Sharing

प्रतिक्रिया दिनुहोस