भदौ २१,पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।