• २०८३ कार्तिक १० गते सोमवार

सुनिलस्मृतिमा मानव वेचविखन तथा ओसार पासार विरुद्धको अभिमुखिकरण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको वार्षिक स्वीकृति कार्यक्रम अनुसार मानव वेचविखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवसको अवसरमा अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा मानव बेचविखन तथा वैदेशिक रोजगारमा हुने गतिविधि बारे जिल्ला समन्वय समितिका समन्वय अधिकारी टंक गौतमले प्रष्ट पार्नु भएको थियो त्यसैगरि मानव वेचविखन सम्बन्धी नीतिगत तथा संस्थागत व्यवस्था सम्बन्धी प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले अभिमुखिकरणमा प्रष्ट पार्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु, वडा महिला सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष वाग्मती क्षेत्रीनी, जिल्ला समन्वय अधिकारी टंक गौतमको विशिष्ट आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृतको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सञ्चालन महिला वालवालिका शाखा प्रमुख भगवती वुढाले गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस