• २०८३ बैशाख १५ गते मङ्गलवार

बलुच विद्रोहीद्वारा सात पाकिस्तानी सेनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, एजेन्सी। बलुचिस्तान लिब्रेसन फ्रन्टले बलुचिस्तानको झाओ र मास्केमा एको एक आक्रमणमा पाकिस्तानी सेनाको मृत्यु भएको दाबी गरेका छन् । बलुचिस्तान लिब्रेसन फ्रन्सका प्रवक्ता ग्वारम बलुले एक विज्ञप्ति जारी गर्दै बुलच फ्रिडम फाइटरले मांगुली चेक पोस्टमा आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

त्यसैगरी नोनदारा क्षेत्रमा पाकिस्तानी सेनाको गस्तीमाथि आक्रमण भएको बताए । उक्त आक्रमणमा चार जनाको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए । बलुचिस्तानमा पाकिस्तानी सेनाले दमन गरेको भन्दै स्वतन्त्र बलुचिस्तानको माग गर्दै लामो समयदेखि बलुच फ्रिडम फाइटहरुले विभिन्‍न गतिविधिहरु गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस