फागुन २३, काठमाडौं । तारकेश्वर नगरपालिकाले ठुलो सभा सम्मेलन नगर्न सबै नगरबासीलाई विज्ञप्ती मार्फत अनुरोध गरेको छ । नगर प्रमुख रामेश्वर बोहोराद्धारा जारी गरिएको विज्ञप्तीमा कोरोना भाइरसको सक्रमणबाट नगरवासीलाई सजग हुन समेत भनिएको छ ।
कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।
कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ।
विज्ञप्ती सहित
