• २०८३ बैशाख १४ गते सोमवार

सुनिलस्मृति गाउँपालिका शिक्षाक्षेत्रमा प्रथम हुने विद्यालय, शिक्षक, विद्यार्थीलाई सम्मान गर्ने

पढ्न लाग्ने समय : ३ मिनेट

माघ २३, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले माध्यामिक विद्यालयहरुसँग शैक्षिक बहस सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका भित्रका ८ वटै माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, गणित अग्रेजि र विज्ञान विषय शिक्षक र गाउँपालिका अन्तर्गत शिक्षासंग काम गर्ने एनजिओ आइएनजिहरुको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न गरीएको हो ।

अन्तक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुले आफ्नो विद्यालयमा भएको गतिविधि र सुधारका लागि आफुहरु गरेका क्रियाकलाप तथा गाउँपालिकाले गर्नुपर्ने कुराहरु स्पष्टसँग राख्नु भएको थियो । अन्तक्रिया कार्यक्रममा अध्यक्षले अगाडि ल्याउनु भएको विद्यार्थीसँग अध्यक्ष कार्यक्रमले धेरै प्रभाव पारेको र आउदा दिनहरुमा पनि निरन्तरण अगाडि बढाउनका लागि सुझाव समेत दिनुभएको थियो भने माध्यामिक विद्यालयमा मात्र नभएर गाउँपालिका भित्रका सवै विद्यालयहरुमा यो कार्यक्रमलाई अगाडि बढाउनका सुझाव दिनुभएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासाहरुलाई मेट्दै गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो । गाउँपालिकाबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने सम्पूर्ण क्रियाकलापहरु म अगाडि बढाउन तयार रहेको जानकारी गराउनुभयो । विव्यस अध्यक्ष शिक्षहरुको सकारात्मक सुझावले मलाई अझै अगाडि बढ्नलाई उर्जा मिलेको आउदा दिनरुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष यसरीनै सुझाव दिदै जानुभयो भने शिक्षा क्षेत्रलाई माथि उठाउनमा धेरै समय नलाग्ने समेत अध्यक्ष घर्तीले बताउनुभयो । शिक्षा क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउन वडा शिक्षा समितिलाई समेत सक्रिय बनाउने अध्यक्षले जानकारी दिनुभएको छ ।

कार्यक्रमको सुरुवातमा अध्यक्ष घर्तीले तपाइहरु कुनै सकोच नमानि आफ्नो कुराहरु राख्नुस हामि टाउको थाप्न तयार छौ, बोल्दैमा कार्वाहि पो परिन्छ की सजाय पाइन्छ की भन्ने नसोच्नुस हामि टाउको थाप्न तयार भएरै यो कार्यक्रम राखेका हौँ अध्यक्ष घर्तीले भनेपछि शिक्षकहरुले आफ्ना कुराहरु राख्नु भएको थियो । अध्यक्ष घर्तीले भन्नुभयो गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षामा प्रथम हुने विद्यालयलाई ५० हजार राशिको पुरुस्कार दिने छौ भने एसइइमा प्रथम हुने विद्यालयलाई २ लाख राशिले सम्मान गर्ने छौ भने, गणित अंग्रेजी विज्ञान विषयमा प्रथम, दोश्रो र तृतिय हुने शिक्षकहरुलाई क्रमश ३०, २०, १० हजारले दोसल्ला ओडाएर सम्मान गर्नेछौ, त्यसैगरी एसइइमा प्रथम दोश्रो र तृतिय हुने विद्यार्थीहरुलाई क्रमश १५, १० र ५ हजार ले पुरुस्कार समेत गर्ने छौ अध्यक्ष घर्तीले भन्नुभयो ।

अध्यक्ष घर्तीको घोषणाले जनज्योति मावि गजुलका प्रध्यानाध्यापक युवराज सुवेदीले भन्नुभयो । अध्यक्ष ज्यूको यो घोषणाले फेरी एउटा ठुलो चुनौति थपियो यसलाई कसरी हुन्छ आफ्नो कोल्टामा पार्न हामि दिन रात नभनि लाग्ने छौ सुवेदीले भन्नुभयो । कार्यक्रममा सामाजिक विकास संयोजक नमराज थापा, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, शिक्षा विज्ञ नारायण सुवेदी, राजेश सुवेदीले समेत शिक्षा सुधारका लागि आफ्नो भनाइहरु राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख केशवराज पोख्रेलले गनुएभएको थियो कार्यक्रमको निचोडमा सवै सहभागीहरुले सभ्य समाज, दिगो विकास र दक्ष जनशक्ति निर्माण गरौँ, गुणस्तर शिक्षा प्रदान गर्न म आफैबाट सुरु गरौँ भन्ने प्रतिवद्धतामा हस्ताक्षर समेत गरिएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस