- धर्म सुनार /बाजुरा
पौष,२१ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाको विच सिमानामा रहेको पर्यटकीय सम्भावना बोकेको बाजुरा पोरखेलेख अहिले हिउले छपक्क ढाकेको देखिन्छ । जिल्ला तथा बाहिर बाट पोरखे क्षेत्रमा हिउमा रमाउनेहरुको यो समयमा लस्कर लाग्ने गर्दछ ।

यो समयमा अति सुन्दर र रमणीय देखिने गर्दछ । हिउमा रमाउदा अनि चिसो हावापानिको महसुस गर्दा साचिर्क पोरखेलेख स्वार्ग जस्तै देखिन्छ । यो समयमा पोरखेलेखमा जिल्ला तथा बाहिर बाट आउने पर्यटकहरु हिउमा रकाएर आनन्द लिने गर्दछन । हिउदमा हिउले छपक्क ढाकेको हुन्छ भने बसन्त ऋितुमा लालिगुराश फुलेर रातै रातो दृष्य देखिन्छन ।
पोरखेलेखको फोटोहरु
