• २०८३ बैशाख १२ गते शनिवार

मृगौला पीडित भक्तलाई १ लाख बढी सहयोग आयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २०, काठमाडौं । शरीरको अति महत्वपूर्ण अंग मृगौला हो। यसले शरीरमा तरल पदार्थलाई सन्तुलित रुपमा प्रवाह गर्न सहयोग गर्छ। शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ। त्यही मृगौला खराब भए मानिस मृत्युको मुख सम्म पुग्न सक्छ। रोल्पा त्रिवेणी गाउँपालिका २ का ४८ वर्षीय भक्त बहादुर पुन विगत २०७० साल देखि दुबै मृगौलाको रोगी हुनुहुन्छ। मृगौलाले पुर्णरुपमा काम गर्न छोडेको खराब भइसकेको छ। हाल हप्ताको दुई देखि तीन पटक डायलिसिस गर्दै आउनु भएको छ। डाक्टरको सल्लाह अनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका छन। पुनलाई मृगौला प्रत्यारोपण गर्नका लागी ठुलो आर्थिक भार परेको छ। आफू सङ्ग आर्थिक रकम नभए पछि सहयोगको लागि समेत अपिल गर्नुभएको छ। आफु बाच्न चाहेको पुर्ण जीवन दिन सबैलाई गहभरी आँसु झार्दै भक्कानिएर अनुरोध पनि गर्नुभयो। देश विदेशबाट आर्थिक सहयोग रकम पनि आइरहेको छ। कतार देखी थुर्पा प्रवासी कोर्चाबाङ समूह दोहा कतार रोल्पाको सक्रियतामा रु २९ हजार, साउदी अरब देखि दलविर वलिको सक्रियतामा रु ४६ हजार ७ सय ८७ रुपैया, दुबै देखि झबिराम बुढाको सक्रियतामा रु २२ हजार १ सय २० रुपैया, घोराहीबाट इन्धोज पुरिले २ हजार ५ रुपैया, मलेसिया देखि अनिषा पुनमगर र राम माया घर्तिमगरले २ हजार ५ सय गरि। एक लाख दुई हजार चार सय बाह्र रुपैया सहयोग रकम आएको हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम पाए पछि मृगौला पीडित पुनका दम्पतीले सबै सहयोगी मनहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ। कोरोना महामारीमा केही कमि हुनासाथ आफुले डाक्टरको सल्लाह अनुसार छिट्टै मृगौला प्रत्यारोपण गर्ने र नयाँ जीवनका साथ जीवन जिउने मनका पिडा मनमै राखी पुनले गुनगुनाउनु भयो।

Sharing

प्रतिक्रिया दिनुहोस