• २०८३ बैशाख १५ गते मङ्गलवार

एकै वर्ष घरका ३ जना सन्तानको किरिया बसे १२ बर्षे बालक

(हाल सम्म दलितका मुखमा पुग्दैन मिठो खाना )
खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

कार्तिक २० मुगु । नत घरमाखाना छ नतलगाउने ओडने ओछयाउने कपडा छन नत घरको छाना त्यस माथी एकै बर्ष बाबु,बाजे र बजै विती पछि यहाँको एक परिवार विचल्लीमा परेको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका एक कुमालदलित परिवारमागरिवता त छदै थियो त्यस माथी एकै वर्ष भित्रवावु,बाजे र हालै बजैको समेत मृत्य भएर पछि यो परिवारमा एक पछि अर्को बज्रपातहुदापरिवारै झनआहात डुवेका छन ।


बाजे बजै सहित ८ सदस्यीय यो परिवारलाई एक बर्ष अघि बाबु र बाजेले गाँउघर र अन्यत्र ज्यालादारी कामगदै पाल्दै आएकाथिए । गतवर्ष असोज ७गतेबाबु पुर्ण बहादुर कलाल (२८),असाढ २१ गते बाजे जयरुप कुलाल र १३ गते विहिवार बजै चाउली कुलालको मृत्यु भएपछि घर अविभावक विहिन हुदा यो परिवार विचल्लीमा परेको हो । घरमाभएका ४ बालबालिका मध्य जेठा १२ वर्षिय युवराजकुलालले बाबु र बाजेको किरायापुत्रीमा बसेथिएविहिबार बजै पनिवितेपछि उनै १२ वर्षिय बालकयुवराज बजैको पनिकिरिया पुत्री बसेका छन । घरका ठुला र अविभावककोहि नभएपछि २५ वर्षिय आमा सौमतीकुमालले युवराज सहितअन्य ३ बालबालिकालाई गाँउचहारेर छर छिमेकीलाई हात जाडी जम्मा गरेको खानाले पेट पाल्दै आएकी छन ।

किरिया खर्च कसरी जुटाउने छोरा छोरी कसरी पाल्ने उहाँलाई समस्या परेको छ । जसो तसो गाँउलेहरुले दैनिक माना उठाएर बजैको किरिया बसेका १२ बर्षे बालकलाई पाल्दै आएका छन । अन्य परिवारको विचल्ली छ मामा जेठ बहादुर वि.कले बताउनु भयो । खानाको मात्र समस्याहोईन लगाउने,ओडने ओछयाउने लुगा छैनन,घर भत्कीएको छ छानो छैन हिउपरे चिसो कसरी कटाउने समस्या छ सधै छरमिेकीले कती र्हेलान, कोही सहयोगी मन भेटीए भान्ज-भान्जीको शिक्षादिक्षा र पालनपोषाणमा सहयोग पुग्थ्योकी मामा भन्नुह हुन्छ, किरिया बसेकाभान्जलाई १३ दिन सकिएलगाउने लुगापनि छैननभने हालत कस्तो छ आफै बुझनुस उहाँले उल्टै हामीलाई प्रश्नगर्नु भयो ।

९ वर्षे छोरी झरनाकुमाल,७बर्षे छोरा विराजकुलाल र एक २ बर्षे कोखे छोरा काखमारहेको र जेठो छोरा १२ बर्षको युवराज कुमाल बजैको किरिया पुत्री बसेको बताउदै आमा सौमतीकुमाल (२५) भन्छिन,,घरमाखानालाउनकालागीदुख्खपाएकै थियौ,जसो तसो श्रीमान र ससुराले कमाई घर धाने कै थिए,हामीमाथी के दसालाग्यो १ वर्ष पहिलाश्रीमानविते असाढमा ससुरा अहिले सासु वितिन,आमाबाबुको काखमा रमाउने उमेरमा १२ बर्षको छोरोकिरिया बस्नु परेको छ त्यो पनि एकै बर्षमा ३ चोटी,कस्तो भाग्य लेखेर ल्याएका रहेछौ बरु सबै परिवारलाई लिएपनिहुथ्यो भगवानले ।
उहाँफोनमाभक्कानिदै भन्नुभयो वरिपरिकाले आजसम्मजसोतसो खानदिएका छन उहाँहरु पनिकतीदिन देलाानयी साना छोरा छोरी कसरी पालु,घर कसरी चलाउनकतै सहयोग गर्ने पाईन्छन भने खोजीदिनु प¥यो भनेर आग्रहगर्नुहुन्छ ।

यो परिवारमा आई परेको दुख्ख देखेर गाँउमात्रहोईन थाहापाउने जोसुकै भावविभोग हुने गरेका छन । त्यस माथी १२ बर्षे बालकले एकै बर्षमावावु,बाजे र बजैको किरिया बस्नु परेको अवस्थाले झनमानिसहरुलाई भाव विभल्स बनाउने गरेको छ । सधै अरुको काम गरेर पालिदै आएको यो परिवार अहिले घरमा कमाउने जनशक्तिनहुदाभाकभोकै बस्नु पर्ने अवस्था छ । छरछिमेकी र मामा घरकाले दैनिक माना-पाथी दिई हालसम्मपाल्दै आएपनिअबउनीहरुकोभविष्य के हुने अन्यौल छ ।

राज्यले शिक्षा,स्वास्थ्य,गास र बास नभएको नागरिक हुनै छैन यीनागरिकका नैसगिकअधिकार हुनेछन भनेर संवैधानिकप्रावधान राखेपनित्यो यस्तो परिवारका लागी आकाशको फलआखाँतरि मर सरह छ ।राज्यकहाँ छ,शिक्षा के हो,स्वास्थ्य के हो,बास के हो,गाँस के हो यो परिवारलाई हेरे छलङ्ग हुन्छ । घरको छानो छैनहिउदको सिजन शुरु भयो,हिउ,पानीपर्ला हिमालको चिसोमा यो परिवार कसरी बस्ने हो । कुनै सरकार,व्यक्ति,संघ सस्थाले सहयोग गरिदिएहुथ्यो, हामीपनित्यस्तै छौ अर्काको घरमा ज्यालामजदुरी गरि खान्छौ गाँउले सबै गरिव छौ,हातजोडदै हामीलाई नभएपनि यो परिवारलाई सहयोग गरिदिनुस भन्छन गाँउलेहरु ।

देशमातिनतहको सरकार छ भन्छन संघिय,प्रदेश र स्थानियति सरकारहरु कस्का लागी हुन तिनीहरुका जनताको हुन । एक सरकार हुदाजस्तो थियो तिनतिन वटा सरकारहुदा पनि गरिवको अवस्था उस्तै छ ।
सरकार,माननिय,ठुलाबडा हुनेखानेहरुका लागी रैछन सबै नाटक मन्चन गर्दा रैछन यथार्थमा गरिवका पक्षमाकोहि पाईएन स्थानिय युवा आको्रस व्यक्त गदै भन्छन , संविधान मागास,बास र कपास राज्यले उपलब्ध गराउने छ भनीएको छ त्यो गरिवलाई देखाउने ललिपप रहेछ खै कहाँदिएको छ राज्यले गाँस,बास र कपास जनतालाई यहि गरिव दलित परिवार उदाहरण काफि छ अझहामो्र नेता,पाटी,सरकार भनाउदा ठुला कुरा गर्छन मामा जेठ बहादुर विक भन्नुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस