• २०८३ जेष्ठ १० गते आइतवार

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७६- ७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२औँ बैठकले सेयरधनीलाई कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्‍ने करसहित ५।५३ प्रतिशत नगद लाभांश गरी कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्‍चात सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्ने नपाउने व्यवस्था गरेको छ । जसकारण बैंकले क्षमता भएर पनि कम लाभांश प्रस्ताव गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस