• २०८३ बैशाख २० गते आइतवार

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो । बंगलादेश प्रस्थान गर्नेमा २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली छ ।

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यता एक साता क्‍वारेन्टिनमा बस्‍नेछ । एक साताको क्‍वारेन्टिनपछि नेपाली टोलीको कोरोना परीक्षण गरिनेछ । नेपालले कात्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने मितिको तय भएको छ ।

नेपाली टिम स् अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्‍जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

Sharing

प्रतिक्रिया दिनुहोस