• २०८३ असार ४ गते बिहिवार

उपत्यकामा आज हुने कार्यक्रमहरू 

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २०, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू यस प्रकार छन्न ।

१. सनातन संस्कृति समाजले राष्ट्रियता,समुन्नति र स्वाभिमानका लागी राष्ष्ट्रिय अभियानको घोषणासभा गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे । सरिक बनौ ।

२. जनता समाजवादी पार्टी,नेपाल लिम्बूवान राष्ट्रिय सम्पर्क समितिले उक्त समितिका उपाध्यक्ष स्व.गजेन्द्र ईश्वो को सोकसभा कार्यक्रम गर्ने ।
स्थान :- जसपा,नेपाल केन्द्रीय कार्यालय बालकुमारी ।
समय :- १५:०० बजे ।

३. भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको मिति २०७७/०७/१९ गते देखि २०७७/०७/२१ गते सम्म नेपाल भ्रमण कार्यक्रमको दोस्रो दिन त्यस्को बिरोध मा प्रतिबन्धित विप्लव समुहसहित कार्यगत एकतामा सम्मितित २१ राजनीतिक दलहरू,नेपाली काङ्ग्रेस वी.पी.,सचेत नेपाली पार्टी,राष्ट्रिय युवा पार्टी,ज्ञानेन्द्र शाही,हेमराज थापा लगायत विभिन असन्तुष्ट राजनीतिक दलहरू र व्यक्ति तथा समुहहरूले कालो झण्डा देखाई तथा कालो वेलुन उडाई विरोध प्रदर्शन गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

४. प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)ले वर्तमान सरकार राष्ट्र र जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार भएको भनि पुर्व घोषित कार्यक्रम अनुसार विरोध जुलुस गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

५. त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।

६.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

Sharing

प्रतिक्रिया दिनुहोस