• २०८३ जेष्ठ २७ गते बुधवार

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञलाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बजगाईले आइतबार आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

बजगाईले आफूलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् । यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस