• २०८३ बैशाख २१ गते सोमवार

निर्देशक भुवन श्रेष्ठको “जय जय पाथिभरा माता” म्युजिक भिडियो सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १९, काठमाडौँ । पछिल्लो समयमा निर्देशकमा नाम बनाउदै आएका भुवन श्रेष्ठको “जय जय पाथिभरा माता” म्युजिक भिडियो कजारमा सार्बजनिक भएको छ ।  ताप्लेजुंग जिल्लाको १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङ्गबाट १९. ४ कि।मी। पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्गलिङ्ग बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।अन्नभरेको पाथीझैं सुन्दर, वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बु समुदायहरू पाथीभरालाई “मुक्कुम्लुङ ” भनेर पनि चिन्दछन् ।

लिम्बूभाषामा “मुक्कु” को अर्थ शक्ति वा बल, “म्लुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । यसै पाथिभरा मन्दिर र भक्तजनहरूकोआस्थामा केन्दित गरेर एक भजन बजारमा आएको छ । भजनमा मन्जना श्रेष्ठको स्वर र संगीत डी।बि लामाको । हो भने मुस्कान ले शब्द कोरेका हुन् ।

भिडियोलाई निर्देशन भुवन श्रेष्ठ मुस्कानले गरेका हुन् भने छायांकन जनकराज अधिकारी, हर्कराज गुरुङ्ग र सुरज ओझाले गरेका हुन् साथै सम्पादन संगीत बानियाँले गरेका छन् । भिडियो;

Sharing

प्रतिक्रिया दिनुहोस