असोज १९, काठमाडौँ । विश्वमा अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजारभन्दा १३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा १ करोड १० लाख ८५ हजार ९५५ जना संक्रमित भएकोमा ९३ लाख ६९ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा संक्रमितमध्ये १२ लाख ६० हजार ३९१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका ३१ हजार ५५४ जना संक्रमित भएकोमा २८ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।