• २०८३ जेष्ठ २९ गते शुक्रवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २ ,काठमाडौँ । थप १ हजार ४१ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५-३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०-२० जना, सर्लाही र गोरखाका १७-१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३-१३ जना, पर्सा र धादिङका १०-१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७र७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६-६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५-५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३र३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २-२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस