भाद्र २० , रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा गत भदौ ६ गते शनिवार कोरोना सँक्रमण पोजेटिभ देखीएका आठविसकोट नगरपालिका वडा नँ ११ र १२ का ६ जनाले कोरोनालाई जितेर आज घर फर्किएका छन । भनिन्छ मान्छेलाई सवै भन्दा ठुलो भनेको सन्टुष्टी आत्म बल नै हो ।
अहिले कोरोनाको भ्याक्सीन विभिन्न विकशित देशहरुले तयार गरी परिक्षणको तयारीमा छन । अहिले सम्म कुनैपनी विरामी औषधीले निको भएका भने छैन उनीहरु निको भएका छन त केवल ,आत्म बल र हौसलाले ,निको भएका छन । सुरुवाती रचरणमा आफुलाई एकदमै डर लागेको तर स्वास्थ्य कर्मिहरुले नडाराउन आग्रह गरेको सुनाउदै कोरोना मुक्तहुनु भएका आठविसकोट नगरपालिका वडा नँ ११ का जयराम आग्रीले वताउनु भयो।
आठविसकोट नगरपालिकामा पछिल्लो पटक चौरजाहारी प्रयोगशालामा पठाइएका कोरोना सँक्रमित छ जना सँगै १११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछी उनीहरुलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख मणिराज शाहले वताउनु भयो र आज देखी आठविसकोट नगरपालिका कोरोना मुक्त भएको छ ।
कोरोना सँक्रमितहरुलाई कोभिड अस्पतालमाको आइसोलेसनमा राखेर उपचार गर्दा विभिन्न बाधाअर्चनहरु आएको ति बाधाहरुलाई। पञ्छाउदै अगाडी बढेको र सवै स्वास्थ्यकर्मिहरुको साथसहयोगले गर्दा पनी आफुहरुलाई केही नभएको, काम गर्ने हौसला मिलेको नगरअस्पतालमा कार्यरत तथा सँक्रमितको उपचारमा खटिनु भएका हेल्थ असिस्टेन डाक्टर पुरण केसीले वताउनु भयो । कोरोना सँक्रमित निको भएपनी हामी यस्को जोखिम भित्रै रहेको भन्दै धेरै हिडडुल नगर्न मान्छेहरुको भिडमा नजान सुझाव दिदै , कोरोना सँक्रमित विरामीको उपचारमा खटिनु भएका स्वास्थ्यकर्मिहरुले नगरपालिका बाट सतप्रतिशत जोखिम भत्ता दिने ब्यवस्था गरेको अस्ताल प्रमुख शाहले जानकारी दिनु भयो।
कोरोना सँक्रमितलाई हौसला दिउ कोरोनाको जोखिम अँझै कायमै रहेको हुदा घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउ ,सावुन पानीले बेला बेला हात मिची मिची धुने बानी बासालौ ,सामाजिक दुरी पनी कायम गरौँ ,मानव जिवनमा स्वास्थ्यनै सवै भन्दा ठुलो धन हो ।