• २०८३ बैशाख ७ गते सोमवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०,काठमाडौँ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ । । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस