• २०८३ बैशाख ४ गते शुक्रवार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको डाक्टर सिंहले बताए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा राम्रो सुधार भइरहेको थियो । पीसीआर परीक्षण गरेर घर पठाउने तयारी हुँदै थियो । सम्भवत आज घर जानुहुन्थ्यो भन्ने थियो,’ उनले भने, ‘तर एक्कासी श्वास प्रश्वासमा समस्या आयो, अक्सिजन लगायौं, शरीरले अक्सिजन लिएन, भ्याएसम्म औषधी उपचार ग-यौं, तर बचाउन सकेनौं ।’

Sharing

प्रतिक्रिया दिनुहोस