भदौ २०,दाङ । दाङमा एम्बुलेन्स एक आपसमा ठोकिँदा दुर्घटना हुँदा एकजना घम्भिर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ झ १७२ र सल्यानबाट तुलसीपुर आउँदै गरेको रा १ च ४७७ नम्बरको एम्बुलेन्स तुलसीपुर ४ रक्षाचौरमा ठोक्किदा प्युठान नगरपालिका वडा नं. २ जुम्री निबासी २४ बर्षीया रतिमा विष्ट रहेकी छिन् ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दिउसो पौने दुइबजे तिर दुर्घटना भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।