श्रावण २१, सुनसरी । कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार साउन २६ गते सम्मकालागि जिल्लाभर निषेधित क्षेत्र लागु रहने छ । उनका अनसार स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार निषेधित क्षेत्रको अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण बन्देज रहने छ भने अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । प्रशासनले सवारी संचालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ । प्रशासनले जारी गरेको निषेधित क्षेत्र बुधबार राती १२ बजेदेखि श्रावण २६ गते राती सम्म लागु रहने छ ।