साउन २१,एजेन्सी। कोरोना महामारीविरुद्ध काश्मीरमा युवाहरुले ठूलो योगदान गरेका छन् । प्रधानमन्त्री कुशल विकास योजना अन्तर्गत तालिम लिएका युवाहरुले जम्मु काश्मीरका लागि आवश्यक पीपीई र मास्क बनाएका छन् । सी होप फर वुमन आन्टर्पेनरले दिएको उक्त तालिममा सहभागी युाहरुले पीपीई र मास्क बनाएर आफ्नो दैनिकीलाई सहज बनाएका छन् ।
गत अगस्ट ५ मा भारत सरकारले संविधानको धारा ३७० को खारेजीपछि काश्मीरमा यस्ता थुप्रै योजनाहरु गएका छन् । जसका कारण त्यहाँका युवाहरुको दैनिकी सहज बनेको छ भने रोजगारीका अवसरहरु प्राप्त भएका छन् ।
महिला र पुरुष सबैलाई मास्क र पीपीई बनाउने तालिम दिइएको थियो । जसका कारण कोरोना महामारीमा धेरैको रोजगारी गुमेको समयमा उनीहरुले भने घरमै बसेर मास्क र पीपीई बनाएर राम्रो आयआर्जन गरेका हुन् । यससँगै जम्मु काश्मीरका अन्य क्षेत्रमा समेत सरकारले सहयोगमा विभिनन संस्थामार्फत प्रशिक्षण दिएर युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गरिएको हो ।