जेष्ठ २३, कास्की । कास्कीमा ६८ हजार १३५ रुपैयाँ, ३ बुक ताससहित नौ जना जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–१६ मध्यपथ बस्ने तेजबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६८ हजार १३५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।