• २०८३ जेष्ठ २८ गते बिहिवार

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २९१२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार ४३ जनाले कोरोना जितेका छन । जसमा धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् । हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस