• २०८३ जेष्ठ २५ गते सोमवार

सोती घटनाका मृतकका परिवारलाई राहत हस्तान्तरण

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, जाजरकोट । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा भएको हत्या काण्डमा ज्यान गुमाएका मृतकका आफन्तलाइ आर्थीक हस्तान्तरण गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि पिडितलाइ आर्थीक रकम हस्तान्तरण गरिएको हो ।

No description available.

सृजनशिल नेपाली समाज यु.के द्धारा पठाएको रमक हस्तान्तरण गरिएको छ । गत जेठ १० गते जाजरकोट जिल्ला बाट अन्तरजातीय बिवाहको लागि पश्चिम रुकुमको चौरजहारी गएका भेरी नगरपालिका ४ नवराज बिक सहित १८ जना युवा सोती गाउँ पुगेका थिए । जाजरकोटकि समाजसेवी तथा उद्यमी शिला नेपालीको पहलमा पिडितका आफन्तलाई आर्थीक रकम हस्तान्तरण गरिएको छ । समाजले प्रति मृतक ५० हजार जम्मा ३ लाख रकम नगर प्रमुख चन्द्रप्रकाश घर्तीले हस्तान्तरण गरेका छन ।

No description available.

पछिल्लो समयमा घटनालाई बङ्गाउन खोजेको भन्दै अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्नेमा पिडितको माग छ । पछिल्लो समय घटनालाई फितलो तरिकाले अनुसन्धान भैरहेको पिडितको आरोप छ । गलती गरेको कानुनको दायरामा ल्याउन मिल्ने कानुनी राज्यमा नितिलाई हातमा लिएर गरिएको कार्य दुःखद रहेको भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए । घटना प्रति नगर सरकार गम्भीर भएको अहमरात खटिएको दोषिलाई हदैसम्मको कारबाही हुनुपर्नेमा प्रमुख घर्तीले भनाइ छ ।

घटना अन्तर जातिय प्रेम बिवाह भएकोले नवराज कुनै बाहुन क्षेत्री भएको भए मारिने थिएन नगर प्रमुखको भनाइ छ । सरकारले जारी गरेको लगडाउन उल्घन गरेपछि राज्ले लगडाउन उल्लघंन कार्यबिधिमा टेकेर कारबाही हुनुपर्नेमा कुटिकुटि मारेको पिडितको आरोप छ । हाल घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस